logo-img

प्रभु साहद्वारा आन्दोलनको घोषणा, भन्छन्- ‘अहिलेका शासकले व्यवस्थामाथि बेइमानी गरे’
फाइल तस्बिर

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । शनिबार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन् ।

उननले पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको, दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य गरेको भन्दै तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताए ।  

साहले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन सुरु गर्नु परेको बताए । उनले अहिलेको पार्टी र नेताहरूले आफ्नो पुस्ताका लागि मात्रै काम गरिरहेको जिकिर गरे । लोकतान्त्रिक व्यवस्थामा अहिलेका शासकले बेइमानी गरेको उनको ठहर छ । 



अध्यक्ष साहले नेपालमा शासकले बनाएको माहोलले जनता चिन्तित भएको बताए ।  
 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ८:५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया