logo-img

उपनिर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध गर्न सकिने

इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ । 

निर्वाचन आयोगले उम्मेदवारको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ । आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिका छ । 

उपनिर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयन दर्ताअन्तर्गत इलाम–२ मा २० जना र बझाङ प्रदेशसभामा १२ जनाले मनोनयन दर्ता गराएका छन् । 



आयोगले २६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

त्यसपछि त्यही दिन ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । मतदान भने वैशाख १५ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुनेछ ।  
 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ८:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया