logo-img

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
फाइल तस्बिर

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सभामुख घिमिरेले १५ मिनेटपछि बैठक बस्ने गरी संसद् बैठक स्थगित भएको जानकारी गराएका हुन् । 

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद आ–आफ्नो स्थानमा उठेका थिए । सभामुख घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् ।  

उनले कांग्रेसलाई थकित गराउनका लागि सरकारले कुरा नसुनेको भन्दै बाध्य भएर आफूहरुले संसदमा उभिनु परेको बताइन् । थिङले संसदको कुनै पनि काम, कारबाही अगाडि नबढाउन पनि आग्रह गरिन् । 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १३:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया