च्याम्पियन्स लिग क्वाटरफाइनल : मड्रिड र सिटीको रोमाञ्चक बराबरी

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति मड्रिडको मैदानमा भएको खेलमा दुवै टिमले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

घरेलु टोली रियलका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक/एक गोल गरे । पाहुना टोलीले एक गोल उपहार दिएको थियो । सिटीका लागि बर्नान्डो सिल्भा, फिल फोडेन र जोको गाभार्डिओलले एक/एक गोल गरे ।

सिटीका लागि बर्नान्डो सिल्भाले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाए । तर, १२ औं मिनेटमा सिटीकै रुवेन डियासले आत्मघाती गोल गरेपछि रियलले खेल बराबरीमा ल्याएको थियो । १४ औं मिनेटमा भिनिसियस जुनियरको पासटमा रोड्रिगोले गोल गरेपछि रियलले २–१ को अग्रता बनायो ।

पहिलो हाफ २–१ को अग्रता बनाएको रियलले दोस्रो हाफ भने जोगाउन असफल भयो । ६६ औं मिनेटमा फिल फोडेनले जोन स्टोन्सको पासमा गोल गर्दै सिटीले २–२ को बराबरीमा खेल ल्यायो ।



७१ औं मिनेटमा सिटीका लागि ज्याक ग्रिलिसको पासमा जोको गाभार्डिओलले गोल गरेपछि ३–२ ले अघि बढेको थियो । तर, ७९ औं मिनेटमा भिनिसियसको पासमा भल्भेर्डेले गोल गर्दै पहिलो लेग ३–३ को अवस्थामा टुंग्याएका थिए । 

अब दोस्रो लेग १८ अप्रिलमा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ ।  



  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार ९:१५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया