logo-img

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ : देउवा
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद-उल-फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् ।

इस्लाम धर्मावलम्बीको पवित्र पर्व ‘ईद–उल–फित्र’ का अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना (इद मुवारक) प्रकट गर्दै उनले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका हुन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्व छन् । यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो,’ देउवाले सन्देशमा उल्लेख गरेका छन् ।

प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै उनले त्यसमध्ये ईद-उल-फित्र पर्व पनि एक महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् ।

देउवाले ‘ईद-उल-फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।  





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार ८:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया