logo-img

डेढ लाख घुससहित पोखरा महानगरकी सब-इन्जिनियरसहित दुईजना पक्राउ

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाको सब-इन्जिनियरसहित दुईजना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सब-इन्जिनियर उषाकिरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सेवाग्राहीसँगबाट लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ । उनीहरूले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब-इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो ।

पोखरा–५ का अध्यक्ष विष्णुप्रसाद बरालका अनुसार अहिले प्रारम्भिक अनुसन्धान जारी रहेको छ । उनले पोखरा महानगरपालिका–१० मा सम्पन्न घरको नक्सा दिनका लागि आर्थिक लेनदेन भएको बताए । त्यस्तै, पोखरा महानगरपालिका–४ का सदस्य प्रकाश कोइरालाले एक जनाबाट डेढ लाख रुपैयाँ बरामद भएको बताए ।

पक्राउ परेकालाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ । एकजना महानगरपालिकाकै कर्मचारी अर्का एकजना भने बाहिरको व्यक्ति भएको बताइएको छ । 





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार ११:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया