logo-img

नेपाली सेनाको प्रवक्तामा सहायकरथी गौरवकुमार केसी

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा संगठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ । उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् ।  

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना २० चैत २०५८ मा भएको हो । 





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १४:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया