नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण

एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य  सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । जुन गत आर्थिक वर्ष (२०७९/८०)को अनुमानित वृद्धि १.९ प्रतिशतभन्दा तुलनामा केही बढी हो । 

नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको बताए । 

उनले भने, ‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हने अपेक्षा गरिएको छ । यसका अतिरिक्त, सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।’

बैंकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वद्धिले पनि गति लिने जनाएको छ । 

धान उत्पादनमा वद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने प्रक्षेपण गरिएको छ । 

एसियन डेभलपमेन्ट आउटलुक २०८/०८१का अनुसार, पेटोलियमको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फिति न्यनीकरणसँगै नेपालमा औसत मद्रास्फिति आर्थिक वर्ष २०७९/८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ६.५ प्रतिशतमा झर्ने बताइएको हो । 



अगामि आर्थिक वर्ष २०८०।८१ को पहिलो ६ महिनामा चालु खाता पुनः घाटामा जानसक्ने बताएको बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ जनाएको छ । 

‘विश्व अर्थतन्त्रमा देखापर्नसक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई आर्थिक वर्ष २०८०/८१ को आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने । 



गहिरिदो भूराजनीतिक हलचलले आपूर्ति श्रृंखलामा हुनसक्ने अवरोधले विश्वव्यापी मुद्रास्फिति र वित्तीय अवस्थामा कडाइ गर्नसक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्नसक्छ ।

एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया–प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको छ । सन् १९६६ मा स्थापित यस बैंकमा एसिया–प्रशान्त क्षेत्रका ४९ सहित ६८ सदस्यहरूको स्वामित्व रहेको छ । 

  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १५:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया