logo-img

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा, प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा
फाइल तस्बिर

काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् । 

विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेती आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताए । ‘यति बेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ’, उनले भने, ‘देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो । वर्षाका कारण वायु प्रदूषण न्यूनीकरण हुनेछ ।’ 

मंगलबार र बुधबार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौं विश्वको नै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ थियो । 

सोमवार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदूषण, मंगलबार दुई सय पुगेको थियो । आज भने प्रदूषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ । 





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १६:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया