logo-img

प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति

राष्ट्रिय सभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरू विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखे ।

सांसदले उठाएको प्रश्नको जवाफमा मन्त्री साहले खाद्य पदार्थमा स्वच्छता कायम गर्नैपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गरिएको बताइन् । राष्ट्रिय सभाको अर्को बैठक आगामी ४ वैशाखको दिउँसो १ः१५ बजे बस्नेछ । 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १७:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया