logo-img

रोहित बने दुवै ढाँचामा १ हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इतिहास रचेका छन् । उनले एकदिवसीय र टी–२० आई दुवै ढाँचामा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बन्दै इतिहास रचेका हुन् ।  

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत शुक्रबार मलेसियाविरुद्ध २८ रन बनाएसँगै रोहितले यो उपलब्धि हासिल गरे । उनले हालसम्म ४४ टी–२० मा १ हजार २३ तथा ६१ ओडिआईमा १ हजार ५८६ रन बनाएका छन् ।  

यस्तै, मलेसियाविरुद्धको खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नेपालको जितमा अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ११ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे । 

बलिङतर्फ ऐरीले ४ ओभरमा १४ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । उनको अलराउन्ड प्रदर्शनको मद्दतमा नेपालले मलेसियालाई ५ विकेटले हरायो । प्रिमियर कपमा नेपालले आफ्नो दोस्रो खेलमा शनिबार कतारसँग खेल्नेछ । 
 






  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार २१:२७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया