logo-img

लुटनविरुद्ध सिटीको सानदार जित, उक्लियो शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले लुटन टाउनविरुद्ध ५–१ गोलअन्तरको जित निकालेको हो । 

सिटीले सुरुआती अग्रता उपहारमार्फत लिएको थियो । त्यसपछि माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले एक/एक गोल गरे । 

लुटनका लागि रोस ब्राकलेले एक गोल फर्काए । लुटनका डेकी हिसाहोकाले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले दोस्रो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल भएको खेलमा बाँकी गोल दोस्रो हाफमा सम्भव भएका थिए ।  

माटेओ कोभाएले ६५ औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । ७६ औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गरेपछि सिटीले ३–० को अग्रता बनाएको थियो । 

८१ औं मिनेटमा रोस ब्राकलेले गोल फर्काएपछि लुटन टाउनले अग्रता कम गरेको थियो । तर, ८७ औं मिनेटमा जेर्मी र अतिरिक्त समयमा ग्राभाडिओलले गोल थपेपछि अन्ततः सिटी ५–१ को जित दर्ता गर्न सफल भयो ।

जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ३२ खेलबाट ७३ अंक बनाउँदा एक खेल कम खेलेको आर्सनल र लिभरपुलको समान ७१ अंक रहेको छ ।



प्रिमियर लिगकै अन्य खेलमा नटिङघम फरेस्ट र वुल्भ्सले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँड्दा बर्नले र ब्राइटनले एक एक गोलको बराबरी खेले । यस्तै, न्युक्यासल युनाइटेडले टोटनह्यामविरुद्ध ४–० को सहज जित दर्ता गरेको थियो ।



  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार ८:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया