logo-img

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका छन् । 

यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिक रुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् । 
 
त्यसअवसरमा सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेषगरी रक्षासँग सम्बन्धित बिटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, शुभेच्छा र  सहयोगका लागि आभार व्यक्त गरे । 

आज प्रवक्ताको जिम्मेवारी पाएका केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गरे । प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख थिए भने सहायकरथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ ।





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १७:३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया