logo-img

नेपाल र साउदी अरेबियाबीचको खेल हुने पिचमा समस्या, टस हुन ढिलाइ

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाको खेल ढिला सुरु हुने भएको हो । गएराति हावाहुरी र भारी वर्षा भएपछि पिच भिजेकाले नेपाल र साउदी अरेबियाको खेल ढिला सुरु हुने भएको हो । 

बिहान ११ः४५ मा खेल सुरु हुनुपर्ने पूर्वनिर्धारित तालिका भएपनि अहिलेसम्म टस हुन सकेको छैन । अहिले पिच मर्मतको काम भइरहेको छ । 

पानी पर्ने सम्भावना नभए पनि नेपाल र साउदी अरेबियाको खेलको ओभर भने घटाइनेछ । एक खेलअगावै समूह ‘ए’ विजेता बनेको नेपाल चौथो खेलमा पनि सहज जितको खोजीमा छ ।

नेपालले पहिलोमा मलेसियालाई ५ विकेट, दोस्रोमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हकङकङलाई ८ विकेटले हराएको थियो । नेपाल साउदीविरुद्ध कीर्तिमानी जित निकाल्ने योजनामा छ । 

हालसम्म यी दुई टिमले एकअर्काविरुद्ध टी–२० आई म्याच खेलेका छैनन् । बुधबार नेपाल पहिलो भेटमै साउदी अरेबियाविरुद्ध ऐतिहासिक जित निकाल्न चाहन्छ । साउदी नेपाललाई जिल्ल पार्दै सेमिफाइनलको यात्रा गर्ने दाउमा छ । 

ऊ अहिले २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । साउदी सेमिफाइनलमा पुग्न नेपालसँगको खेल जित्नैपर्ने दबाबमा छ ।  





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार ११:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया