logo-img

एसिसी प्रिमियर कप : साउदी अरेबियाबाट नेपाललले पायो ७४ रनको लक्ष्य

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा  साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाएर ७३ रन बनायो ।

उसका लागि अब्दुल वाहीदले १६ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ३७ रन बनाए ।



नेपालका लागि अविनाश बोहरा र करण केसीले दुई/दुई तथा प्रतिश जिसी र ललित राजवंशीले एक/एक विकेट लिए । पिच भिजेका कारण ढिला सुरु भएको नेपाल र साउदीबीचको खेल ८ ओभरमा झारिएको हो । 
 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १५:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया