logo-img

आङ सान सुकी जेलमुक्त, घरमै नजरबन्दमा राख्ने सैनिक सरकारकाे घाेषणा

म्यान्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई त्यहाँकाे सरकारले घरमै नजरबन्दमा सारेको छ। गम्भीर स्वास्थ्य समस्याकाे कारण देखाउँदै सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारिएकाे हाे ।

सेनाका प्रवक्ता मेजर जनरल जा मिन तुनले ७८ वर्षीया सुकी र पूर्वराष्ट्रपति ७२ वर्षीय विन मिन्टलाई पनि जेलबाट नजरबन्दमा सारिएको बताएका छन्। मिन्ट सुकीको सरकारको कार्यकालमा राष्ट्रपति थिए। 

त्यहाँकाे सैनिक सरकारले वैशाख १ गते मनाइने परम्परागत नयाँ वर्षको अवसरमा यो हप्ता ३ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ। मंगलबार राति विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई उनले साे जानकारी दिएका हुन् ।  

सन् २०२१ मा म्यान्मामा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी सुकीलाई जेलमा राखेर सत्ता हातमा लिएको थियो। यो कदमपछि सैनिक सरकारको विरोधमा देशभर प्रदर्शन भएको थियो।

सुकीले नेपिदवमा विशेष रूपमा बनाइएको जेलमा २७ वर्ष लामो सजाय भोगिरहेकी छिन्। 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १८:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया