आइपिएल : गुजरात टाइटन्सलाई हराउँदै दिल्ली क्यापिटल्स विजयी

इन्डियन प्रिमियर लिग आइपिएलमा गुजरात टाइटन्सलाई हराउँदै दिल्ली क्यापिटल्स विजयी भएको छ । सर्वाधिक कम स्कोरमा दिल्लीले ६ विकेटको जित दर्ता गरेको हो । बुधबार राति भएको खेलमा गुजरात जम्मा ८९ रनमा समेटिएको थियो । आइपिएल इतिहासमा यो सर्वाधिक कम पाँचौँ स्कोर हो । 

टस हारेर पहिला ब्याटिङ गरेको गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रनको पारि खेल्दा साई सदर्शनको १२ रन दोस्रो ठूलो र राहुल तेवटियाको १० रन तेस्रो स्थानमा रह्यो । रासिदले २४ बलमा एक छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाएका हुन् ।

अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा गुजरात १७.३ ओभरमा ८९ रनमा समेटिन पुग्यो । गुजरातको पारिलाई ध्वस्त पार्नका लागि मुकेश कुमारले सर्वाधिक तीन विकेट लिँदा इशान्त शर्मा र तृष्टन स्टुब्सले दुई दुई विकेट लिए । ९० रनको सामान्य लक्ष्यका साथ मैदान उत्रिएको दिल्लीले सुरुआत भने खास गरेन ।

दिल्लीका लागि ओपनर जेके फ्रासन म्यागर्क २० रन बनाएर आउट हुँदा अर्का ओपनर पृथ्वी सा ७ रनको पारिका साथ विदा भए । त्यसपछि अभिषेक पोरेलले १५ रन जोड्दा साइ होप १९ रनमा आउट भएका थिए । अन्त्यमा कप्तान ऋषभ पन्त र सुमित कुमारले दिल्लीलाई ८.५ ओभरमै जित दिलाए । कप्तान पन्तले ११ बलमा १६ तथा तथा कुमारले ९ बलमा ९ रनको नटआउट पारि खेले ।

गुजरातका सन्दीप वारियरले २ विकेट लिँदा स्पेनसर जोनसन र रासिद खानले एक एक विकेट लिए । जारी सिजनमा तेस्रो जित निकालेको दिल्ली तालिकाको छैटौँ स्थानमा उक्लिदा गुजरात भने चौथो हारका साथ सातौं स्थनमा खस्किएको छ ।

आइपिएलअन्तर्गत बिहीबारको खेलमा पञ्जाब र मुम्बई भिड्नेछन् ।





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार २३:२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया