logo-img

सरकारले डाक्टरी पेसाकै मानमर्दन गर्यो : चिकित्सक संघ

काठमाडौं– सरकारले चिकित्सा पेसालाई नै मानमर्दन गर्न खोजेको आरोप नेपाल चिकित्सक संघले लगाएको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै सरकारका जिम्मेवार व्यक्तिले चिकित्सा पेसालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिएको र शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी लगाई धरपकड गरेको भन्दै असनुतुष्टि व्यक्त गरेको छ । 

यस्ता कार्यले चिकित्सकहरुलाई चिढ्याउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको ठहर संघको छ । सरकारले वीर अस्पतालमा कार्यरत सरकारी चिकित्सकको विरोध कार्यक्रममा प्रहरी धरपकड र हातपात भएको भन्दै भत्सर्ना गरेको छ ।  

चिकित्सकको समायोजनका सम्बन्धमा धारणा बनाउन काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनधिलगायत सरोकारवालालाई बिहीबार दिउँसो २ः०० बजे छलफलका लागि बोलाउने निर्णय पनि संघले गरेको छ ।  

समायोजनको विरोध गर्दै ६ दिनदेखि आन्दोलनरत सरकारी चिकित्सक संघको आन्दोलनमा नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाउँदै आएका छन् । 





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १५:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया