कर्णालीविरुद्ध लुम्बिनीको सानदार जित, देव खनालको अलराउन्ड प्रदर्शन
फाइल तस्बिर

वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा लुम्बिनीले बिहीबार कर्णाली प्रदेशलाई ७ विकेटले हरायो ।  

आफ्नो तेस्रो खेलमा कर्णालीले दिएको ८२ रनको लक्ष्य लुम्बिनीले १२.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । 

२९ बलको सामना गरेका देवले सात चौका र एक छक्कासहित अविजित ५१ रन बनाए ।

फाइल तस्बिर

यस्तै, मृनाल गुरुङले १३ र विराट भण्डारी अविजित १० रनको योगदान दिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णाली १६.४ ओभरमा ८१ रनमा अलआउट भयो ।

उसका लागि अर्जुन घर्तीले २१ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २८ रन बनाए । यस्तै, कप्तान दिवान पुनले १२ र दीपेन्द्र रावतले ११ रन जोडे ।



बलिङमा लुम्बिनीका कप्तान देव खनाल, अभिषेक गौतम र वीर मगरले दुई/दुई तथा निर्मल गुरुङ, कृष्ण कार्की र नर सार्कीले एक/एक विकेट लिए । लुम्बिनीको जितको अलराउन्ड प्रदर्शन गरेका देव ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

जारी प्रतियोगितामा लुम्बिनीले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा हारको सामना गरेका छ । ऊ ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको कर्णाली पाँचौं स्थानमा छ । 



  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १३:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया