चेन्नईले लखनउलाई दियो १७७ रनको लक्ष्य, आज पनि धोनीको आक्रामक ब्याटिङ

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई १ सय ७७ रनको लक्ष्य दिएको छ । लखनउका टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

उसका लागि रवीन्द्र जडेजाले अविजित ५७, अजिंक्य रहाणेले ३६, मोइन अलीले ३० र कप्तान रुतुराज गायकवाडले १७ रन बनाए । यस्तै, महेन्द्र सिंह धोनीले आज आक्रामक ब्याटिङ गरे ।

उनले लखनउविरुद्ध ९ बलमा तीन चौका र दुई छक्काको सहयोगमा अविजित २८ रन बनाए । धोनीले पछिल्लो खेलमा मुम्बईविरुद्ध ४ बलमा अविजित २० रन बनाएका थिए । 

जारी सिजनमा तेस्रो स्थानमा रहेको चेन्नईले ६ खेल खेल्दा चारमा हार तथा दुई खेलमा हार बेहोरेको छ । यस्तै, लखनउले ६ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ । ऊ तालिकाको पाँचौं स्थानमा छ । 
 





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार २१:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया