logo-img

ताप्लेजुङको चिलिमे गाउँमा आगलागी, १३ लाखभन्दा बढीको क्षति
फाइल तस्बिर

आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा आगो बाल्नेक्रममा आगलागी हुँदा सो क्षति भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरूपमा नष्ट भएको छ । 

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार रुपैयाँ नष्ट छ । ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए ।  





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १०:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया