logo-img

सेयर बजारमा गिरावट, १५.४१ अंकले घट्यो नेप्से

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतबार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमबार पुनः घटेको छ । 

सरकार आगामी वर्षका लागि बजेटसँगै लगानी सम्मेलनलाई ध्यानमा राखेर विदेशी लगानी ल्याउने वातावरण बनाउन अध्यादेशबाट विभिन्न कानुन संशोधनको तयारीमा छ । सेयर बजारका लगानीकर्ताले भने सरकारलाई पत्याउन नसकेको कारोबारको संकेत छ । बैंक ब्याजदर घट्दा पनि सेयर कारोबार उत्साहजनक रुपमा बढेको छैन । 

साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ । ५६ लाख ५६ हजार २८२ कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको छ । आइतबार २ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

१३ उपसमूहमा म्युचुअल फण्डबाहेकका सबै घट्दा नेप्से परिसूचकसँगै कारोबारममा गिरावट देखिएको हो । सर्वाधिक फाइनान्स उपसमूह २.१० प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन र विकास बैंक उपसमूह पनि उल्लेख्य घटेका छन् । 

कारोबारमा आएका ३२० कम्पनीमध्ये १८६ वटाको सेयरमूल्य घटेको छ । ४९ वटाको मात्रै बढेको छ भने १० वटाको मूल्य स्थिर छ ।

सेयरमूल्य बढ्ने कम्पनीमा पिपुल्स पावर  लिमिटेड अगाडि छ । उक्त कम्पनीका लगानीकर्तालाई ६.९१ प्रतिशतले मूल्य बढ्दा फाइदा भएको छ । आज सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको भएको छ । यस्तै जोशी हाइड्रोपावरको १० करोड १० लाख, सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख, सोनापुर मिनरल्सको ४ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 



सेयरसमूल्य घटेर धेरै नोक्सानीमा पर्नेमा दोल्ती पावर कम्पनीका लगानीकर्ता छन् । उक्त कम्पनीको सेयर ७.३७ प्रतिशतले घटेको छ । एनआइसी एसिया लघुवित्त, हिमालयन लघुवित्त, मोलुङ हाइड्रोपावर,सृजनशील लघुवित्तलगायत सेयरमूल्य घटेका कम्पनीको सूचीमा छन् ।  
 



  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १६:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया