logo-img

संविधान कार्यान्वयन अत्यन्तै फितलो भयो : शेर्पा

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संविधानमा उल्लेख भएका व्यवस्थाहरू कार्यान्वयनको पाटोमा भने अत्यन्तै फितलो भएको बताएका छन् । 

काठमाडौंमा सोमबार नेविसंघद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिए पनि तीन तहमा नै कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको बताए ।  

उनले भने, ‘नेपालको संविधान समाजवाद उन्मुख छ । नेपालको सार्वभौम संसदमा प्रतिनिधित्व गर्नुहुने ९५ प्रतिशतभन्दा बढी संघीय सांसदहरूले समाजवादलाई आफ्नो विधानमा अपनाएर समाजवाद उन्मुख संविधान भनेर त्यही नारा लिएर जनताको सामु भोट माग्न जान्छौँ । संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिएको छ । तर, चाहे त्यो संघीय सरकारबाट किन नहोस् प्रदेश र स्थानीय सरकारबाट किन नहोस्, कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको कारण देशमा भ्रष्टाचारहरु बढिरहेको छ । आज व्यवस्था परिवर्तन त गरौँ तर विद्यालय र विश्वविद्यालयको अवस्था परिवर्तन हुनै सकेन ।’

शिक्षा प्रणालीलाई ध्वस्त पार्‍यो भने त्यो देश आफै ध्वस्त हुने भनाइ चरितार्थ गर्ने गतिविधितर्फ मुलुक रहेको उनले दुखेसो गरे । मुलुकलाई भ्रष्टाचारमुक्त, सबैको विश्वास र आशाको केन्द्र बनाउन आवश्यक रहेको उनले बताए । 

उनले भने,‘आज देशमा हामी सबैको चासो भनेको सुशासन हो । भ्रष्टाचारमुक्त समाज हामी सबैको एउटा विश्वास र आशाको केन्द्र बनोस् भन्ने अभिलाषा छ ।’सरकारले नेपाललाई एजुकेसन हब बनाउने भने तापनि नारा एकातिर तर व्यवहार अर्कोतिर भएको भनाइ उनले राखे ।  





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १७:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया