logo-img

नेपालसँग सिरिज खेल्न वेस्ट इण्डिज ‘ए’ को टिम घोषणा

वेस्ट इण्डिज क्रिकेट बोर्डले नेपालसँगको पाँच खेलको टी–२० सिरिजका लागि ‘ए’ टिम घोषणा गरेको छ । वेस्ट इण्डिजले रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरेको हो ।

वेस्ट इण्डिजले नेपालसँग खेल्ने टिममा प्रायः स्टार खेलाडीलाई मौका दिएको छ । उसले फाबियन आलेन, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, किमो पउल, ओसेन थोमसजस्ता स्टारलाई पनि टिममा स्थान दिएको छ । उनीहरूमध्ये केही खेलाडीले आसन्न टी–२० विश्वकप खेल्नेछन् ।

नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको सिरिज आउँदो शनिबारदेखि सुरु हुनेछ । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल १६ वैशाख, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र पाँचौं खेल २२ वैशाखमा हुनेछ । 

सिरिजको सबै खेल कीर्तिपुरस्थित टियू ग्राउन्डमा हुनेछन् । नेपालले विश्वकपको तयारीस्वरूप वेस्ट इण्डिज ‘ए’ सँग खेल्न लागेको हो । 

वेस्ट इण्डिज ‘ए’ को टिम : रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन आलेन, कदिम एलियन, जोसुवा विश्वप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पउल, ओसेन थोमस र हायडेन वाल्स । 





  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार ६:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया