logo-img

अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने युवक पक्राउ
फाइल तस्बिर

अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । 

हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ मा बस्ने ३६ वर्षीय अधिकारीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका लागि फिजिकल फिटनेशको जाँच गर्नुपर्ने भन्दै माग गरेको नग्न फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भनेर ब्ल्याकमेल गरी दुःख दिएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार ९:१८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया