logo-img

व्यास नगरपालिकामा १ जेठदेखि प्लास्टिकको झोलामा प्रतिबन्ध

तनहुँको व्यास नगरपालिकाले आगामी १ जेठदेखि नगरभित्र प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ १ जेठदेखि सबै प्रकारका प्लास्टिकका झोला प्रयोग गर्न पूर्णरूपमा निषेध गरिएको हो । 

नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । सामान खरिद गर्दा कपडा, फाइबर, जुट र कागजको झोलामात्र प्रयोग गर्न न्यौपानेले नगरवासीलाई आग्रह गरे । ‘प्लास्टिकका झोलाले वातावरण प्रदूषित बनाइरहेको छ । यसको विकल्पमा अन्य झोलाहरू प्रयोग गर्न प्रोत्साहन गरेका छौँ,’ उनले भने । 

व्यापारीलाई प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोलामात्र बिक्रीवितरण गरी प्लास्टिक झोलामुक्त व्यास नगर बनाउने अभियानलाई सफल बनाउन न्यौपानेले आग्रह गरे । ‘हामीले प्लास्टिक झोलामुक्त नगर बनाउने अभियान धेरै पहिलादेखि लागू गर्न खोजेका हौँ । तर, सफल हुन सकेको छैन । अब कडाइका साथ लाग्छौँ,’ उनले भने । 

विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकका झोला बढी प्रयोग हुने हुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न नगरपालिकाले आग्रह गरेको छ ।

प्लास्टिक झोला प्रयोग गरेको पाइए वा बिक्रीवितरण गरेको पाइएमा प्लास्टिक झोला जफत गरी जरिवाना गरिने नगरपालिकाले जनाएको छ । रासस  





  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १३:४४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया