logo-img

स्टोइनिसको सानदार ब्याटिङमा लखनउ विजयी, चेन्नईका गायकवाडको शतक छायामा

मार्कस स्टोइनिसको अविजित १ सय २४ रनको शतकीय पारीको मद्दतमा इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । 

चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण चेन्नईले दिएको २ सय ११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

लखनउको जितमा स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्काको मद्दतमा अविजित १२४ रनको इनिङ खेले । योसँगै उनी जारी सिजनमा उच्च स्कोर बनाउने ब्याटर बने । 

ओपनर क्विन्टन डी ककलाई पहिलो ओभरमै गुमाएको लखनउका लागि निकोलस पूरनले ३४, दीपक हूडाले १७, कप्तान केएल राहुलले १६ तथा देवदत्त पड्डिकलले १३ रन जोडे । चेन्नईका लागि मथिसा पाथिरानाले दुई, दीपक चाहर र मुस्ताफिजुर रहमानले एक/एक विकेट लिए ।

त्यसअघि एम चिदम्बर स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा चार विकेट गुमाउँदै २ सय १० रन बनायो । उसका लागि कप्तान रुतुराज गायकवाडले शतकीय पारी खेले ।



६० बलको सामना गरेका उनले १२ चौका र तीन छक्काको मद्दतमा अविजित १ सय ८ रनको पारी खेलेका हुन् । यस्तै, शिवम दुबेले २७ बलमा सात छक्का र तीन चौकाको मद्दतमा ६६ रन बनाए ।



त्यस्तै, रवीन्द्र जडेजाले १६, डारियल मिचेलले ११ र महेन्द्र सिंह धोनीले अविजित चार रन जोडे । लखनउका लागि यश ठाकुर, मोहसिन खान र म्याट हेनरीले एक/एक विकेट लिए । 

यो जितसँगै लखनउ आठ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अंक जोडेको चेन्नई पाँचौं स्थानमा झरेको छ ।

  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार ७:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया