logo-img

कर्णालीमा मन्त्रिपरिषद् विस्तारको तयारी, माओवादीबाट परियारको नाम सिफारिस

कर्णाली प्रदेशमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ । 

नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । 

मंगलबार मात्रै दलहरूबीच प्रारम्भिक भागबन्डा मिलेको छ । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने र बिहीबार नै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी गरेका छन् ।

माओवादी केन्द्रले पहिलो चरणमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा भने अहिलेसम्म निर्णय हुन सकेको छैन । हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित परियार यसअघि पार्टीको प्रमुख सचेतक थिए । 

बुधबार बिहान बसेको माओवादी दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने पनि निर्णय गरेको छ ।
 
 





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार ९:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया