logo-img

मनीषा कोराइलालाई ‘दिल तो पागल हे’ को पछुतो

बलिउड अभिनेत्री मनीषा कोइराला हालका दिनमा सिरिज ‘हीरामण्डी’का कारण चर्चामा छिन् । यो पीरियड ड्रामा फिल्मका निर्देशक सञ्जयलीला भन्साली हुन् । मनीषाले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

हालै एक अन्तर्वार्तामा मनीषाले आफ्नो करियरको बारेमा कुराकानी गरेकी छन् । उनले फिल्म ‘दिल तो पागल हे’ अस्वीकार गर्दाको पछुतो अहिले लागिरहेको खुलाएकी छन् ।

मनीषाका अनुसार उनलाई यश चोपडाले ‘दिल तो पागल हे’का लागि अफर गरेका थिए । तर, उनले त्यो अफरलाई अस्वीकार गरिन् । फिल्ममा यशले मनीषा र माधुरी दीक्षितलाई अभिनय गराउने सोच बनाएका थिए । तर, मनीषाले यशको प्रस्तावलाई सिधै अस्वीकार गरिन् ।

‘मलाई आफ्नो करियरको ठूलो पछुतो यो कुरामा छ कि मैले यश चोपडाजीका साथ कुनै फिल्म गर्न पाइनँ । ‘दिल तो पागल हे’मा मलाई माधुरीका साथ कास्ट गरिएको थियो । तर म माधुरीसँग डराएँ र फिल्मबाट पछि हटेँ’, उनले भनेकी छन् ।

मनीषाले अस्वीकार गरेपछि निशाको भूमिका करिश्मा कपूरले निर्वाह गरेकी थिइन् । यो फिल्मले उनको करियर चम्किएको थियो । ‘दिल तो पागल हे’ अस्वीकार गरेको केही वर्षपछि मनीषाले राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा माधुरी दीक्षितका साथ अभिनय गरिन् ।





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार १०:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया