logo-img

वेस्ट इण्डिज ‘ए’ सँगको सिरिजका लागि नेपालको टोलीमा कमलसहित थपिए चार खेलाडी
फाइल तस्बिर

वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजका लागि नेपालको टिम चार खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) अनुसार थपिने खेलाडीमा विकेटकिपर विनोद भण्डारी, लोकेश बम, तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाल रहेका छन् ।   

कमल र लोकेशले आयरल्याण्ड ‘ए’विरुद्ध भएको सिरिजका क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए । बिहीबार घोषणा गरेको टिममा उनीहरूलाई टोलीमा नराखेको भन्दै क्यानको आलोचना भइरहेको थियो । 

क्यानले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको थियो । अब भने नेपालको टोली २० सदस्यीय बनेको छ । नेपालले शनिबारदेखि वेस्ट इण्डिज ‘ए’ सँग पाँच खेलको सिरिज खेल्दैछ । सिरिजको दोस्रो खेल आइतबार हुनेछ ।  

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, कमल सिंह ऐरी, लोकेश बम र सागर ढकाल ।





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १८:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया