logo-img

कोलकाताले पञ्जाबलाई दियो २६२ रनको लक्ष्य, साल्ट र नारायणको उत्कृष्ट ब्याटिङ

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइीपएल) २०२४ मा कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको लक्ष्य दिएको छ । इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटरद्वय फिल साल्ट र सुनिल नारायणले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका साल्टले ६ छक्का र ६ चौकासहित सर्वाधिक ७५ रन बनाए । यस्तै, नारायणले ३२ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रनको इनिङ खेले । 

त्यस्तै, वैंकटेश अय्यर र कप्तान श्रेयस अय्यरले २८/२८ तथा र आन्द्रे रसेलले २८ रन जोडे । पञ्जाबका लागि अर्शदीप सिंहले दुई, कागिसो रबाडा, हर्षल पटेल र राहुल चाहरले एक/एक विकेट लिए । 

जारी सिजनमा कोलकाता उच्च लयमा छ । उसले सात खेल खेल्दा पाँचमा जित र दुई खेलमा हार बेहोरेको छ । कोलकाता अहिले १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै, पञ्जाबले भने आइपिएल २०२४ मा कमजोर प्रदर्शन गरिरहेको छ । तालिकाको नवौँ स्थानमा रहेको पञ्जाबले अहिलेसम्म आठ खेल खेल्दा ६ मा हार तथा दुई खेलमा मात्र जित निकालेको छ ।  





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार २१:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया