logo-img

इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान

उपनिर्वाचन अन्तर्गत इलाम– २ मा प्रतिनिधि सभा सदस्यका लागि बिहानबाट सुरु भएको मतदानमा दलका प्रतिस्पर्धी मुख्य भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् । 

शनिबार एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरे । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि सोही क्याम्पसमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रबाटै मतदान गरिसकेका छन् ।

यस्तै, सोही केन्द्रबाट एमाले सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ–२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । 

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मतदान गरिसकेको जानकारी दिएका छन् । उनले आफ्नै जन्मस्थान फाकफोकथुम गाउँपालिका –३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिला मतदान गरेको जानकारी दिए । 

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । इलाम–२ का प्रतिनिधि सभा सदस्य एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन गराइएको हो । जहाँ उनकै छोरा सुहाङ उम्मेदवार छन् ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार इलाम– २ को चुनावी प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार ८:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया