logo-img

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

वेस्ट इन्डिजको ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रीकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीस्वरूप नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच सिरिज हुन लागेको हो । पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज भइरहेको छ भने सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

नेपाली टिम

रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, अनिलकुमार शाह, विवेक यादव, कुशल मल्ल,  दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, कमलसिंह ऐरी, ललित राजवंशी, अभिनाव बोहरा र प्रतिश जिसी
    





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार १२:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया