logo-img

‘पुजार सार्की’ ट्रेलरः अन्तरजातीय प्रेम र विद्रोह (भिडियाे)

आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा फिल्मका नायक आर्यन सिग्देलको नायिका अञ्जना बराइलीसँग र प्रदीप खड्काको नायिका परीक्षा लिम्बूसँगको अन्तरजातीय प्रेमलाई स्थान दिइएको छ । उनीहरूको प्रेममा आइपर्ने सामाजिक अवरोधदेखि जातीय विभेदको विषयलाई ट्रेलरमा उठान गरिएको छ ।

फिल्मका अर्का नायक पल शाहलाई भने जातीय विभेदविरुद्ध अग्रसर युवाको भूमिकामा देखाइएको छ । ट्रेलरमा पललाई आर्यन र अञ्जना तथा प्रदीप र परीक्षाको प्रेमका समर्थकका रुपमा देखाइए पनि विभेदविरुद्ध एकजुट हुनुपर्ने सन्देश दिएका छन् ।

कार्यक्रममा फिल्मका लेखक विकास सुवेदीले ‘पुजार सार्की’ मौलिक कथावस्तु भएकाले यसमा अन्य घटना नजोडिएको दाबी गरे । ‘धेरैले हामीलाई सुदूरपश्चिमका युवा नवराज विकको घटनाबाट प्रभावित भएर फिल्म बनाएको हो कि भन्ने प्रश्न गर्नुभयो । वास्तविकता त्यस्तो होइन । जातीयताका आधारमा नेपालमा भइरहेका घटनासँग फिल्मको कथा सम्बन्धित छैन । यो कथामा आफ्नो मौलिकता छ’, उनले भने ।

निर्देशक दिनेश राउतले फिल्मले फरक कथावस्तु उठान गरेकाले दर्शकका लागि नयाँ स्वाद हुने दाबी गरे । ‘जातीय विभेदका विषयमा हामीले फरक कथा फिल्ममा उठाएका छौं’, उनले भने । नायक प्रदीप खड्काले फरक चरित्रमा आफूलाई देखाउन पाउँदा मन खुसी भएको प्रतिक्रिया दिए ।

फिल्ममा प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शंकर आचार्य, तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुरालको अभिनय छ । किङडम नेटवर्कको ब्यानरमा सुवास भुसालले निर्माण गरेको फिल्ममा भुसालकै संगीत, राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन र हिमाल केसीको द्वन्द्व छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १८:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया