प्रत्येक ३ मिनेटमा हल्लिन्छ क्यालिफोर्निया

 एक रिपोर्टका अनुसार क्यालिफोर्नियामा हरेक ३ मिनेटमा एक भूकम्प आउँछ । क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्लोनोलोजी र युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको संयुक्त अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो ।  

सर्वेको क्रममा क्यालिफोर्नियामा २००८ देखि २०१७ को बीचमा २० लाख पटक भूकम्प आएको थियो । तर यसको तीव्रता २.० देखि ३.० सम्म थियो । यसकारण मानिसहरुले भूकम्पको महसुस गर्न भने सकेनन् ।

रिपोर्टका अनुसार यो क्षेत्रमा प्रत्येक दिन ४९५ पटक भूकम्प जान्छ । 

युएस जियोलजिकल सर्वेअनुसार सामान्यतया ३.० भन्दा धेरै तीव्रता भएको भूकम्पमात्रै महसुस गर्न सकिन्छ ।  





  • प्रकाशित मिति : वैशाख ९, २०७६ साेमबार ८:५७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया