अक्षय कुमारले लिए मोदीको अन्तर्वार्ता

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारले केही दिनअघि मात्र ट्विट गर्दै भनेका थिए कि उनी आजसम्म नगरेको एउटा काम गर्न गइरहेका छन् । यसबारे उनलाई धेरै विभिन्न प्रश्न पनि गरेका थिए । तर, उनले यसलाई रहस्यमा नै राखेका थिए । 

अब चाहिँ यो रहस्यको खुलासा भएको छ । खासमा अक्षयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वार्ता लिएका रहेछन् । यसको टिजर अक्षयले आफ्नो ट्विटरमा सेयर गरेका छन् । 

‘देश पूरै निर्वाचनमय भएको छ, तर यो एउटा राहतजस्तै हो । प्रधानमन्त्री नरेन्द्र मोदीसँगको यो अन्तर्वार्ता गैरराजनीतिक हो र यो लिन पाएकोमा म आफैंलाई भाग्यमानी ठानिरहेको छु । प्रधानमन्त्रीबारे थाहा नभएका कुरा थाहा पाउन यो अन्तर्वार्ता हेर्नुहोस्,’ अक्षयले ट्विट गरेका छन् । 

अक्षयले सेयर गरेको टिजरमा अक्षय कुमारले प्रधानमन्त्री मोदीलाई सोधेका छन्, ‘म आफ्नो घरमा आमासँग बस्छु  । के तपाईंलाई पनि सबै नातेदारसँग एउटै घरमा बसूँ भन्ने लाग्दैन ?’ उनले अर्को प्रश्न गर्दा चाहिँ मोदी मज्जाले हाँसेका छन् । उनले प्रश्न गरेका छन्, ‘के तपाईं आँप खानुहुन्छ ?’

मोदीले पनि यो भिडियो सेयर गर्दै आफूलाई गैरराजनीतिक कुरा गर्न रमाइलो लागेको बताएका छन् ।

 





  • प्रकाशित मिति : वैशाख ११, २०७६ बुधबार ७:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया