बेलायती रक्षा मन्त्री गाभिन विलियम्सन बर्खास्त

लन्डन– बेलायती रक्षामन्त्री गाभिन विलियम्सनलाई पदमुक्त गरिएकाे छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सूचना चुहाएकाे आराेपमा उनलाई पदमुक्त गरिएकाे हाे । 

विलियम्सनले भने आफूमाथि लगाएका आराेप सबै अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री थेरेसा मेले अप्रिल २३ मा भएकाे बैठकका जानकारी लिक हुनु अत्यन्त गम्भीर विषय भएकाे बताएकी छन् । बेलायतमा फाइभ जी नेटवर्क निर्माण गर्ने विषयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक भएकाे थियाे । 

प्रधानमन्त्री कार्यालयका अनुसार अब रक्षामन्त्री पेनी माेर्डन्ट हुनेछन् । 

प्रधानमन्त्री कार्यालयका अनुसार पेनी मोर्डन्टले रक्षामन्त्रीको भूमिका निर्वाह गर्नेछन्।



 

 



 

  • प्रकाशित मिति : वैशाख १९, २०७६ बिहीबार ८:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया