अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक अदालत हाजिर

काठमाडौं–  भ्रष्टाचारकाे आराेप लागेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्। उनी थुनछेकको बहसका लागि अदालतमा हाजिर भएका हुन्।

उनको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले बयान लिइरहेकाे छ ।

अहिले अदालतमा बयान चलिरहेको छ।

पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

एक इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको आरोप पाठकलाई लागेकाे छ। घुस प्रकरणमा पाठकसँग सम्बन्धित विभिन्न भिडियो समेत सार्वजनिक भएका थिए।

थुनछेकको बहसपछि पुर्पक्षमा राख्ने वा धरौटी माग्ने निर्णय हुनेछ।





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १३:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया