माेदीलाई फाेनबाट इमरानकाे बधाई

एजेन्सी– पकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर बधाई दिएका छन् । लामाे समयपछि यी दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष कुराकानी भएकाे याे पहिलाेपटक हाे । 

चुनावको नतिजा आउनुभन्दा पहिला पनि इमरानले बीबीसीसँगको अन्तवार्तामा नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री बन्नु पाकिस्तानका लागि खुशीको कुरा भएको बताएका थिए । चुनावको नतिजापछि ट्विट गरेर उनले मोदीलाई बधाई दिएका थिए । 

पछिल्ला दिनमा भारत र पाकिस्तानबीचको सम्बन्ध असाधारण रुपले तनावग्रस्त छ र याे तनावकाे अवस्था अन्त्य गर्न दुवै देशले प्रयास गरिरहेका छन् ।

काश्मिरको पुलवामा भएको विस्फोटपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो ।

दुवै प्रधानमन्त्रीबीच प्रत्यक्ष कुराकानी भएपछि इमरान खानलाई मोदीको शपथ ग्रहण समारोहमा निमन्त्रणा गर्न सक्ने अनुमान गरिएकाे छ । मोदीले ३० मेमा प्रधानमन्त्री पदको शपथ लिनेछन् । 



२०१४ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ मोदीको शपथ ग्रहण समारोहमा सरिक भएका थिए । २०१४ मा चुनाव जितेपछि शपथ ग्रहण समारोहमा मोदीले दक्षिण एसियाली देशका राष्ट्र प्रमुखलाई निमन्त्रणा गरेका थिए तर योपटक कुन कुन देशका राष्ट्रप्रमुखलाई बोलाउनेछन्, त्यो स्पष्ट भइसकेकाे छैन् ।  



  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार ९:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया