logo-img

लोकसेवाको विज्ञापन त्रुटिपूर्ण रहेको मधेसी आयोग अध्यक्षकाे ठहर

काठमाडौं– केही दिनअघि लोकसेवा आयोगले खुलाएको विज्ञापनप्रति विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । एकातिर प्रदेश तथा स्थानीय तहले आफ्नो अधिकार हनन भएको बताएका छन् भने अर्कोतिर विज्ञापन समावेशी नभएको भन्दै सरोकारवाला पक्ष आन्दोलनमा उत्रिएको छ ।  

यसैबीच सो विज्ञापनमा मधेसी आयोगले पनि त्रुटि रहेको औँल्याएको छ । मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनमा त्रुटि रहेको बताएका छन् ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै दत्तले लोकसेवाको विज्ञापनमा समावेशी ‘क्लास्टर’ नछुट्याउनु त्रुटिपूर्ण भएको बताए । लोकसेवा आयोग पनि संवैधानिक अंग भएको र मधेसी आयोग पनि संवैधानिक अंग भएको बताउँदै दत्तले सो विज्ञापन खुलाएपछि लोकसेवा आयोगमा पुगेर छलफल पनि गरेको बताए ।

सो विज्ञापन संविधानको भावनाविपरीत भएको बताउँदै उनले विज्ञापनमा क्लास्टर नछुट्याउँदा त्रुटि देखिएकाले ध्यानाकर्षण गराएको बताए । आयोगसँग थप छलफल गर्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार १५:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया