विश्वकप इंग्ल्यान्डले जित्यो, तर झुक्किए डा. बाबुराम भट्टराई

काठमाडौं– आइतबार इंग्ल्यान्डमा भएको रोमान्चक प्रतिस्पर्धामा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इंग्ल्यान्डले पहिलो पटक आइसिसी विश्वकप एकदिवशीय क्रिकेटमा च्याम्पियन बन्दै ट्रफी उचाल्यो । 

क्रिकेटको महाकुम्भसमेत मानिने यो विश्वकपमा इंग्ल्यान्ड छैटौं विश्वविजेता बन्यो । 

यो खेललाई नेपालमा पनि निकै उत्साहका साथ हेरियो । क्रिकेट फ्यानहरुले सम्भवतः पहिलो पटक सुपर ओभरमा विश्वकपको फाइनल पुगेको र बाउन्ड्रीका आधारमा इंग्ल्यान्ड विश्व च्याम्पियन बनेको थाहा पाए । 

पछिल्लो समय समाजवादी पार्टीका संघीय काउन्सिल अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि विश्वका गतिविधि तथा खेलबारे आफ्नो ट्विटरमा लेखिरहेका हुन्छन् ।

आइतबारको यो खेलबारे पनि डा. भट्टराईले ट्विटरमा लेखेका छन् । 

तर, यो खेलबारे उनी राम्रैसँग झुक्किएका छन् । किनकि उनले फाइनल खेल खेलेको देश इंग्ल्यान्ड हो भन्ने नै बिर्सिएछन् ! उनले त ट्विटरमा अष्ट्रेलिया र न्युजिल्यान्ड फाइनल खेल खेलेको पो लेखेका छन् । अष्ट्रेलियालाई त हराएर इंग्ल्यान्ड यो विश्वकपको फाइनलमा पुगेको थियो । 



डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘क्रिकेट अनिश्चयको खेल त्यसै भनिएको हैन रहेछ१ आइसिसी विश्वकपको फ़ाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्डको खेल रोमान्चक मात्र हैन गजब रह्ये ! ५० ओभरमा दुवैको २४१/२४१ रन !’



सायद, पूर्वप्रधानमन्त्री डा. भट्टराई विश्वकपको फाइनलमा कोको खेल्दैछन् भन्ने नै बिर्सिए । वा, उनले टाइप गर्दा गल्ती गरे । 

तर, खेलको सुपरओभर सकिएपछि चाहिँ फेरि डा. भट्टराईले अर्को ट्विट गरेका छन्, जसमा उनले इंग्ल्यान्डलाई बधाई दिएका छन् । 

डा‍. भट्टराईले के गल्ती गरेका थिए, यसबारे सामाजिक सन्जालमा उनीमाथि निकै व्य‌ग्य गरिएकाे छ । छाेटाे समयमा नै डा. भट्टराईकाे गल्ती ट्विट ३ सयभन्दा धेरै कमेन्ट गरिएका थिए ।

  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया