हङकङमा चर्कियो आन्दोलन

एजेन्सी—  हङकङमा प्रहरी र प्रदर्शनकारीबीचको प्रदर्शन अहिलेसम्म रोकिएको छैन । प्रदर्शनकारीले हङकङका मुख्य सहरमा प्रदर्शन गर्न थालेको अब १० औं साता भइसकेको छ । 

आइतबार राति पनि प्रदर्शनकारीलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको समाचार छापिएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि बन्द रेलवे स्टेसनमा समेत अश्रुग्यास प्रहार गरेको छ ।

वान चाइ जिल्लामा प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार गरेका थिए । घटनामा केही प्रहरी अधिकारीसहित प्रदर्शनकारी पनि घाइते भएका छन् । 

यो आन्दोलन खासमा सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको थियो । हङकङ संसदले अहिले तत्कालका लागि त्यो विधेयक स्थगित गरेको छ । तर, प्रदर्शनकारीले हङकङ नेता क्यारी लामको राजीनामा माग गरेका छन् । 

प्रदर्शनकारी र हङकङ प्र्रशासन दुवै लचक हुने मनस्थितिमा देखिँदैनन् । त्यसैले यो आन्दोलन अझ सशक्त हुनसक्ने अनुमान गरिएका छन् । 





  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार ९:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया