इमरान खानको अगाडि ट्रम्पले भने— मोदीको अभिव्यक्ति आक्रामक थियो

एजेन्सी— पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार न्युयोर्कमा भेटघाट भएको छ । भेटघाटभन्दा पहिले ट्रम्प तथा इमरान खानले एउटा पत्रकार सम्मेलन गरेका थिए । 

त्यहाँ सोधिएका प्रश्नमध्ये एउटा प्रश्नमा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति निकै आक्रामक भएको बताए । आइतबार हाउडी मोदी कार्यक्रममा ५९ हजार मानिसबीच मोदीले सम्बोधन गरेका थिए । 

‘भारत तथा प्रधानमन्त्री मोदीको तर्फबाट अत्यन्त आक्रामक अभिव्यक्ति सुनियो,’ ट्रम्पले भने, ‘मलाई थाहा थिएन, त्यस्तो अभिव्यक्ति सुन्न मिल्नेछ । त्यहाँ उपस्थित मानिसहरुलाई त्यो अभिव्यक्ति निकै राम्रो लाग्यो तर अभिव्यक्ति आक्रामक थियो ।’

मोदीले ह्युस्टनमा भएको कार्यक्रममा पाकिस्तानको नाम नै नलिएर भनेका थिए, ‘भारतको निर्णयका कारण उनीहरुलाई समस्या छ, जसले आफ्नै देश पनि सम्हाल्न सकेका छैनन् ।’

ट्रम्पले चाहिँ आफू भारत र पाकिस्तान एक ठाउँमा भएको हेर्न चाहेको बताएका थिए । उनले हरेक समस्याको हल हुनसक्ने पनि बताए । 

ट्रम्पले फेरि एकपटक आफूले कश्मिरको विषयमा भारत र पाकिस्तानबीच मध्यस्थता गर्न चाहेको बताए । उनले भने, ‘यदि मलाई मध्यस्थता गर्नु भनिन्छ भने म त्यसका लागि तयार छु । तर, यसका लागि भारत पनि तयार हुनुपर्छ ।’





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार ११:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया