एजेन्सी– टर्कीले उत्तर सिरियामा गरिरहेको आक्रमण तत्काल रोक्ने र कुर्द सैनिकले यसअघि गरेको युद्धविरामको घोषणालाई सहयोग पुग्ने चाहना राखेको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका छन् ।
‘अब सबै सैन्य गतिविधि तथा आक्रमणहरु कम्तिमा पनि पाँच दिनका लागि रोकिनेछन्,’ पेन्सले भनेका छन्, ‘अनि अमेरिकाले कुर्द सैनिकहरुलाई सुरक्षित स्थानमा ल्याउनका लागि सहयोग गर्नेछ ।’
टर्कीले गत सातादेखि सिरियामा आक्रमण गर्न थालेको थियो । उसले उत्तर कोरियाबाट कुर्द सेनाहरुलाई हटाउन र सिरियाली शरणार्थीलाई राख्नका लागि यो आक्रमण गरेको जनाएको थियो । कुर्द सेनालाई टर्कीले आतंकवादी संस्था मान्छ । टर्कीको आक्रमणले जातीय नरसंहार निम्त्याउने धेरैले आशंका गरेका थिए ।
पेन्सले यो घोषणा गर्नुपूर्व नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौँ जीवन बच्ने भन्दै ट्विट गरेका थिए ।
योसँगै अब सिरियामा जारी गृहयुद्ध अन्त्य हुनसक्ने अनुमान पनि धेरैले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।