काठमाडौं– धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।
उनले नेपाल कम्युनिस्ट पार्टीका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरेका हुन् । तिलकले २६ हजार ७०९ मत पाएका छन् ।
धरानमा कांग्रेसले जित निकालेको यो वर्षौ पछि हो । २०४६ सालमा बहुदल आएपछि कांग्रेसले धरानमा जित निकाल्न सकेको थिएन ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा त्यहाँ तत्कालीन एमालेका तारा सुब्बा मेयरमा निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।