महाधिवेशन एक वर्ष सर्छ : कांग्रेस महामन्त्री कोइराला

मोरङ– नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा साेमबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहको सहयोग रहेको चर्चा गरे ।

नेपाली कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ भन्दै उनले पार्टीले सरकारसँग सहमतिबाटै अगाडि बढ्न चाहेकोमा जोड दिए । महामन्त्री कोइरालाले द्वन्द्वबाट कसैलाई पनि फाइदा नहुने भएकाले नै नेपाली कांग्रेसले सहमतिको बाटो पहिल्याएको बताउँदै संविधान र संघीयताको रक्षा गर्न सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । 

उनले आफू धर्मनिरपेक्ष तथा सापेक्षभन्दा पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको प्रस्ट पार्दै उनले सरकारले दुईतिहाइ बहुमतको जस्तो कार्य गर्न नसकेको टिप्पणी गरे ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १४:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया