logo-img

दिल्ली विधानसभामा आम आदमी पार्टी नै अगाडि

एजेन्सी– दिल्ली विधानसभा निर्वाचनको मत परिणाम आउन थालेको छ । दिल्लीमा केही दिनअघि भएको निर्वाचनको मतगणनाअनुसार अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले नै यसपटक पनि त्यहाँ सरकार बनाउन स्पष्ट बहुमत ल्याउने देखिएको छ ।

तर, उसले यसपटक गत निर्वाचनको भन्दा १० सिट कम ल्याउने देखिएको छ । आम आदमी पार्टीको यो सिट पनि अब फेरि भारतीय जनता पार्टीको पोल्टामा जाने देखिन्छ । ७० सिटमध्ये गत निर्वाचनमा भारतीय जनता पार्टीले केबल ३ सिटमा जित हासिल गरेको थियो । 

कांग्रेसका मुकेश शर्माले आफ्नो हार स्वीकार गरिसकेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘पराजित भए पनि म यो क्षेत्रको विकासका लागि लागिरहनेछु ।’

उता, आम आदमी पार्टीका कार्यालयहरुमा जितको उत्सव मनाउन थालिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जित मनाउँदा पटाका नपढ्काउन अनुरोध गरेका छन् । आम आदमी पार्टीका नेताहरुले सच्चा देशभक्तिले जित निकालेको प्रतिक्रिया दिएका छन् । 

७० विधानसभाका लागि ८ फ्रेबुअरीमा भएको निर्वाचनमा ६२.५९ प्रतिशत मत खसेको थियो । दिल्लीमा भारतीय जनता पार्टी २२ वर्ष र कांग्रेस ७ वर्षदेखि सत्ताबाट बाहिर छन् । 





  • प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार १०:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया