माले महासचिव सिपी मैनालीसहित परिवार चढेको गाडी दुर्घटना हुँदा पाँचैजना घाइते, ग्रान्डीमा उपचार हुँदै

काठमाडौ– पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली दुर्घटनामा परेका छन् । महोत्तरीको बर्दिवासमा भएको दुर्घटनामा परी मैनाली गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा परी मैनालीसहित उनका छोरा सरोज, बुहारी पूजा, पाँच वर्षीय नाति र चालक रामप्रसाद पौडेललाई बर्दिबासमा सामान्य उपचारपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । उनीहरुको ग्राण्डी अस्पताल उपचार भइरहेको छ ।

मैनाली परिवार चढेको बा७च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना४च ७६८० नम्बरको गाडी बर्दिवास नगरपालिका–३ कालापानीस्थित ठोक्किँदा दुर्घटना भएको थियो । झापाबाट काठमाडौं जाने क्रममा बिपी राजमार्गमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनाबाट सिपीको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने पूजाको खुट्टा भाँचिएको छ । 





  • प्रकाशित मिति : फागुन १५, २०७६ बिहीबार १७:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया