logo-img

राष्ट्रिय सभामा काेमल वलीकाे कविता

समय छिट्टै बिते जस्तो लाग्छ
वास्तवमा समय बित्दैन
समय बित्दैन
समयले हामीलाई बिताउँछ

हो हामी बितिरह्यौ समयका भ्रममा 
समयका क्रममा होइन, समयका भ्रममा
यो राष्ट्र रंगाउने कैयौ रंग थपेर बितेका छौं
यो राष्ट्र हँसाउने कैयौ हिसी फुलाएर बितेका छौं

एउटै आकांक्षा बोकेका हामी
एउटै प्रतिबद्धता लिएका हामी
हामी राष्ट्र विकासका अथकित अभियन्ता
हामी जहाँ छौं देश काँधमा बोकेर रहन्छौं

प्राविधिक जोड घटाउको यो व्यवस्थामा
यतिबेला समयले बिदा गर्दैछ
यो बिदाइले हामीलाई छुट्याउन सक्ने छैन
हामीलाई जिम्मेवारीबाट टाढा राख्न सक्ने पनि छैन

हृदयमा राष्ट्र बोकेका हामी
देश दुख्दा सधै दुख्ने छौं
देश निर्माणको अभियानमा हाम्रो जीवन पर्यन्तको अभियान हुनेछ
त्यसैले देशका नाममा हामी सधै साथमा रहने छौं

साथीहरू, यो प्राविधिक जोडघटाउको कथित बिदाइ
हाम्रा लागि समयको केवल सानो धृष्टता मात्र बन्नेछ 



२० फागुनमा राष्ट्रिय सभा सदस्य काेमल वलीले राष्ट्रिय सभा बैठकमा सुनाएकाे कविता । आजबाट  राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु  बिदा भएका हुन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।



  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १४:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया