logo-img

कुवेतका समकक्षीसँग कुरा गरे प्रधानमन्त्री ओलीले, पाए नेपालीको रक्षा गर्ने आश्वासन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका समकक्षी सवाह अल खालिद अल सवाहसँग टेलिफोन वार्ता गरेका छन् । 

उनले यो वार्तामा कोरोनाभाइरसका कारण प्रभावित नेपाली समुदायबारे कुराकानी भएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले ट्विटरमा दिएको जानकारीअनुसार उनले कुवेती प्रधानमन्त्री खालिदले कुवेतमा नेपाली कामदारलाई कुनै समस्या हुन नदिने आश्वासन दिएका छन् । ‘उनले आश्वासन दिएका छन् कि त्यहाँ रहेका नेपाली कामदारको उपचारमा खुला हृदयले काम हुनेछ,’ प्रधानमन्त्री ओलीले मंगलबार ट्विट गरेका छन् । 



आजै विहान प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दा पनि आफूले विभिन्न देशमा बारम्बार सम्पर्क गरिरहेको जानकारी दिएका थिए ।





  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १६:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया